गोरखा १४, भदौं । गोरखा नगरपालिकाका बिभिन्न क्षेत्रमा रहेका थप ६ हजार गाँजाको बोटले नष्ट गरेको छ । जिल्ला भित्र गाँजा फडानीलाई तिव्रता दिदै आएको गोरखा प्रहरीले गोरखा नगरपालिका–३ नारेश्वरमा र वडा नम्म्बर ५ स्थित स्वाँरा क्षेत्र बिभिन्न स्थानमा रहेका गाँजाको बोट फडानी गरेको जनाएको छ ।
प्रहरी निरीक्षणको कमाण्डमा खटिएको प्रहरी टोली आज मात्र ३० रोपनी भन्दा बढी क्षेत्रफलमा प्राकृतिक रुपमा उम्रिएको गाँजा नष्ट गरेको जनाएको छ ।
स्थानीयबासीहरु संगको सहकार्य र समन्वयमा प्रहरीले जिल्लाका बिभिन्न क्षेत्रमा रहेका गाँजाको बाट नष्ट गर्दै आएको छ ।