Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका बिभिन्न ठाउँमा रहेका क्वारेन्टिन तथा आइसोलेसनलाई मापदण्ड अनुकुल बनाउन माग


3.1K
Shares

गोरखाका बिभिन्न ठाउँमा रहेका क्वारेन्टिन तथा आइसोलेसनलाई मापदण्ड अनुकुल बनाउन माग

गोरखा १४, भदौं ।  गोरखा जिल्लाका बिभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टिन, होल्डिङ सेन्टर र आइसोलेशन केन्द्रलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुकुल बनाउन माग गरिएको छ । नागरिक साझा सवाल गोरखाले आइतबार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई ज्ञापन पत्र बुझाउदै गुणस्तरिय, भरपर्दो र नियमित सुधार गर्न माग गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईलाई बुझाइएको ज्ञापन पत्रमा निषेधाज्ञा र कोरोना जोखिमका बिच पनि सरकारी, गैरसरकारी संघसंस्थाहरुमा आवद्ध कर्मचारी सुरक्षाकर्मीहरुको सरुवा प्रकृया नियमित भइरहेको भन्दै यसबाट थप जोखिम हुन सक्ने भएकाले तत्कालका लागि यो प्रकृया नगर्न, नगराउन र गर्नै परे सरुवा भई आउने कर्मचारीलाई अनिवार्य क्वारेनटाइनमा बस्ने व्यवस्था मिलाउन भनिएको छ ।

ज्ञापन पत्रमा कोरोना महामारीको अवसर छोपी बजार भाउ वृद्धि गर्ने, म्याद नाघेका सामाग्री बिक्रि वितरण गर्ने जनगुनासो आएकाले जिल्लाभर वजार अनुगमन प्रकृयालाई नियमित र प्रभावकारी बनाउन पनि माग गरिएको छ । त्यस्तै अहिले जिल्ला भित्र किसानलाई यूरिया मलको चरम अभाव भइरहेको र कतिपयले यही मौकालाई छोपी कालोबजारी गरिरहेको पाइएकाले मलको सहज आपूर्ति ब्यवस्था मिलाउदै किसानलाई सर्वसुलभ मुल्यमा वितरण गर्ने गरी ब्यवस्थापन गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

त्यस्तै जल्लामा सञ्चालित तर लकडाउनका कारण अवरुद्ध भएका विकास निर्माणका आयोजनाहरुको निर्माण कार्य निरन्तरता र आवश्यक निर्माण सामाग्री ढुवानी व्यवस्थापनको लागि सहजिकरण नागरिक साँझा सवाल गोरखाले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology