गोरखा १४, भदौं । गोरखामा आइतबार थप एक जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गोरखा नगरपालिका–८ रानीबनका एक पुरुषमा संक्रमणको पुष्टी भएको नगरपालिका जनस्वास्थ निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयो ।
संक्रमित व्यक्ति भदौं २ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए । संक्रमण पुष्टी भएका व्यक्तिको यही ९ गते स्वाब संकलन गरि कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा पठाइएको अर्यालले जानकारी दिनुभयो ।
भारतीय सेनामा कार्यरत ३४ बर्षिय संक्रमित पुरुष बिदामा घर आएका थिए ।