काठमाडौं, १४ भदौ । नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित जंगी अड्डामा कार्यरत एक सैनिक जवानले आत्महत्या गरेका छन् ।
तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका २७ वर्षीय दामोदर क्षेत्रीले आफैंले बोकेको हतियारले कञ्चटमा गोली हानेका हुन् ।
आइतबार विहान पौने तीन बजेको समयमा पेट्रोल पम्पमा खटिएका ती सिपाहीले आत्महत्या गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उनले आफूले बोकेको एसएलआर राइफलबाट उनले गोली चलाएको देखिएको छ। घटना सम्वन्धमा मृतकका परिवारलाई जानकारी गराइसकिएको नेपाली सेनाले जनाएको छ ।