काठमाण्डौं १४, भदौ । काठमाडौं उपत्यका अहिले कोरोना भाइरस सङ्क्रमण को मुख्य केन्द्र बनेको छ । सङ्क्रमणको संख्या ५ हजार पुगेको छ । भदौ ७मा काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमिता ३ हजार ९८ जनाथिए । एक सातामात्यो संख्या बढेर ५ हजार पुगेको छ । सङ्क्रमित मध्ये उपत्यकाका विभिन्न अस्पतालको आईसीयुमा ६१ जना छन भने ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
उपत्यकामा भाइरस सङ्क्रमित मध्ये सबैभन्दा धेरै नक्साल क्षेत्रमा रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ । काठमाडौं महानगरपालिका– १ मा पर्ने यस क्षेत्रमा शनिबारसम्म करिब ३ सय जनामा भाइरस पुष्टि भइसकेको छ । यस्तै वडा नं ३ मा पर्ने महाराजगन्ज क्षेत्रमा २ सयभन्दा बढी वडा नं ३२ मा पर्ने कोटेश्वरमा पनि संक्रमितको संख्या २ सय नाघिसकेको छ ।
उपत्यका भित्र नयाँबानेश्वर, कालिमाटी, कलंकी र बालाजु पनि सङ्क्रमितको संख्या उल्लेख्य छ । संक्रमण बस्ती बस्तीमै देखिएकाले भदौ ३ देखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाका बिचमापनि सङ्क्रमण घटेको छैन । हिजो भने अस्तिको तुलनामा आधाभन्दा बढी घटेको छ । अस्ति ४ सय १५ जना थिए । हिजो घटेर १सय ८६ जनामा सङ्क्रमण देखिएको छ