Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बोर्लाङको ठाँटी माँझ गाउँ टोलसुधार समितिको अध्यक्षमा बुद्धि श्रेष्ठ चयन


4K
Shares

बोर्लाङको ठाँटी माँझ गाउँ टोलसुधार समितिको अध्यक्षमा बुद्धि श्रेष्ठ चयन

गोरखा १३, भदौं । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङको ठाँटी माँझ गाउँ टोलसुधार समितिको अध्यक्षमा बुद्धि श्रेष्ठ चयन हुनु भएको छ । शनिबार सम्पन्न भएको टोल भेलाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्सीय टोल सुधार समिति गठन भएको हो । भेलाले समितिको उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, सचिवमा चाम बहादुर श्रेष्ठ , कोषाध्यक्षमा रश्मी श्रेष्ठ चयन हुनु भएको छ ।

नवगठित समितिको सदस्यहरुमा कृष्ण श्रेष्ठ, मनराज श्रेष्ठ, नवराज श्रेष्ठ , पुर्ण बहादुर श्रेष्ठ, सरस्वती श्रेष्ठ, कल्पना श्रेष्ठ र कृष्ण बहादुर श्रेष्ठ चयन हुनुभएको छ । भेलामा बोल्दै वडा अध्यक्ष नारायण श्रेष्ठले टोल सुधार समितिले टोलमा परेका सम्स्यालाइ समाधान गर्ने, बिकास निर्माणका काम अघि बढाउन कृयाशिल भएर लाग्नु पर्नेमा जोड दिनु भयो । नेतृत्व गर्ने व्यक्तिले सकरात्मक सोच सहित काम गर्ने सके सफल हुने उहाँले बताउनु भयो ।

नव निर्वाचित टोल सुधार समितिका अध्यक्ष बुद्धि श्रेष्ठले अब टोलमा राजनितिक रुपमा कुनै निकै उथल पुथल आउन नदिने गरि टोल सुधारको बिकासको लागी आफुले पहल गर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology