गोरखा ११ भदौं । बालिका बलात्कारको आरोपमा पक्राउ परेका गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुपक्र्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत गोरखामा आज भएको थुनछेकको बहसमा अदालतले पुपक्र्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान गरिएको हो ।
जिल्ला न्यायधिस रमेशकान्त अधिकारीको इजलासले रानाभाटलाई कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार बिनोद अधिकारीले जानकारी दिनुभयो । गएको साउन १६ गते गाउँकै एक १५ बर्षिय बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका रानाभाटलाई प्रहरीले जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाएको थियोे । प्रहरीले अनुसन्धान पुरा गरि जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अभियोजनका लागि जिल्ला अदालतमा पेश भएकोमा अदालतले पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेपछि प्रहरीले रानाभाट कारागार चलान गरेको हो । रानभाटलाई गोरखा कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।