Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

कोरोना संक्रमणबाट २३ बर्षिया गर्भवती महिलाको ज्यान गयो


861
Shares

कोरोना संक्रमणबाट २३ बर्षिया गर्भवती महिलाको ज्यान गयो

बारा ११, भदौं । कोरोना भाइरसको संक्रमणबाट बारामा एक गर्भवती महिलाको ज्यान गएको छ । बारा हर्दियाकी २३ बर्षीया गर्भवती महिलाको नारायणी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान ज्यान गएको हो ।

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि नारायणी अस्पतालमा भर्ना भएकी महिलाको उपचारका क्रममा ज्यान गएको प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

प्रवक्ता डा. चौरसियाका अनुसार ती महिला ३३ हप्ताकी गर्भवती हुनुहुन्थ्यो । उच्च रक्तचाप समेत रहेको मृतक महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोनापोजिटिभ देखिएको थियो ।

उपचारकै क्रममा बिहान ६ बजे उनको मृत्यु भएको हो । नेपालमा कोरोनाले गर्भवतीको मृत्यु भएको यो पहिलोपटक हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology