Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

संक्रमित बढ्दै गएपछि उपत्यकामा ५ हजार आइसोलेसन बेड निर्माणको तयारी


6.3K
Shares

संक्रमित बढ्दै गएपछि उपत्यकामा ५ हजार आइसोलेसन बेड निर्माणको तयारी

काठमाण्डौं ११, भदौ । उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि सरकार आइसोलेसन र क्वारेन्टाइन निर्माणमा जुटेको छ । उपत्यकामा कम्तीमा पाँच हजार आइसोलेसन बेड निर्माण गर्नका लागि तीन वटै सरकारका प्रतिनिधिले काम थाल्ने भएका छन् ।

उपत्यकामा आइसोलेसन बेड बनाउने ठाउँ खोज्न समिति गठन गरिएको छ । यस्तै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ६ हजार बेड क्षमताकाक्वारेन्टाइन पनिनिर्माण गरिने भएको छ ।

काठमाडौं उपत्यकाएकीकृत क्वारेन्टाइन व्यवस्थापन समितिको बैठकले स्थानीय सरकारहरूको समन्वयमा जतिसक्दो छिटो क्वारेन्टाइन निर्माणको काम थाल्ने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

काठमाडौं, भक्तपुर र ललितपुरमा उचित स्थान छनौट गरेपछि आइसोलेसन बेड निर्माण गरिने र संक्रमण देखिएका तर लक्षण नदेखिएकाहरूलाई त्यहाँ राख्ने तयारी भएको छ । फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology