Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाको हटस्पट बनेको प्रदेश २ मा २२ जना बिशेषज्ञ चिकित्सक पठाइदै


1.6K
Shares

कोरोनाको हटस्पट बनेको प्रदेश २ मा २२ जना बिशेषज्ञ चिकित्सक पठाइदै

काठमाण्डौ ११, भदौ ।  कोरोना सङ्क्रमणको केन्द्र बनेको प्रदेश २ मा बिहिबार (आज) विशेषज्ञ चिकित्सकको टोली जाँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको हो ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टका अनुसार नारायणी अस्पताल वीरगञ्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका छन् । त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर अस्पतालमा बिहिबार जाने तयारीमा छन् ।

उनीहरुमध्ये ६ जना चिकित्सक गौर अस्पताल र ६ जना जनकपुर प्रादेशिक अस्पताल जानेछन् । १ जनाको भने यी दुईमध्ये कुन अस्पतालमा जाने भन्ने टुङ्गो लागिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology