Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

दलित विधार्थी संघ गोरखाले बुझायो प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र


3.6K
Shares

दलित विधार्थी संघ गोरखाले बुझायो प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

गोरखा १०, भदौं ।  दलित विधार्थी संघ गोरखाले झापाको मेचिनगर—१५, चारआलीमा भएको कुटपिट घटनाप्रति विरोध जनाएको छ । जातिय विवादलाई लिएर सोमबार झापा चारआली स्थित राजन दर्जी र कुटपिट छुट्याउन गएकी किर्तिमान राष्ट्रिय खेलाडी समेत रहेकी चन्द्रकला लामगादे माथी भएको दुरव्र्यवहार र निर्मम कुटपिट प्रति संघले विरोध जनाएको हो ।

घटनालाई लिएर दोषीलाई कडा करवाहीको माग गदौ आज संघले आज प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई माफर्त प्रधानमन्त्री कार्यलयमा ध्यानाआर्कषण पत्र बुझाएको छ । । प्रधानमन्त्री कार्यालयमा पठाइएको ध्यानकर्षण पत्रमा मुलुक जातीय छुवाछुत मुक्त भैसक्दा पनि २१ औं शताब्दीमा यसप्रकारको घटना घट्नुले समाज कता तर्फ जादैछ भन्ने उजागर भएको उल्लेख गरिएको छ ।

संघका जिल्ला अध्यक्ष परिवारद्रारा हस्ताक्षरित ध्यानार्कषण पत्रमा यस किसिमका अपराधिक घटना दोहोरिन नदिन नेपाल सरकारको गम्भीर ध्यानाआर्कषण गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology