गोरखा १०, भदौं । गोरखामा १ हजार २ सय गाँजाको बोट नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटि गएको प्रहरीको टोलीले गोरखा नगरपालिका–६ हटिया र पुजारी गाउँमा लगायतका क्षेत्रमा रहेका गाँजाको बोट नष्ट गरेको हो ।

करिब २० रोपनी क्षेत्रफलमा रहेको गाँजा फडानी गरिएको प्रहरीले जनाएको छ । सार्वजनिक जग्गामा प्राकृतिक रुपमा उम्रिएका गाँजाको बोटहरु फडानी गरि जिल्ला प्रहरी कार्यालय परिषरमा ल्याएर व्यवस्थापन गरिएको हो ।
