Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

ट्राभल्स हिष्ट्री नै नभएका गोरखाका दुई जनामा फेरि कोरोना संक्रमण पुष्टी


3.6K
Shares

ट्राभल्स हिष्ट्री नै नभएका गोरखाका दुई जनामा फेरि कोरोना संक्रमण पुष्टी

गोरखा १०, भदौं । गोरखामा ट्राभल्स हिष्ट्री नै नभएका एक पुरुष सहित २ जनामा कोरोना संक्रमण भेटिएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ देउराली स्थित ३९ बर्ष र ४३ बर्षका पुरुषमा संक्रमणको पुष्टी भएको वडाध्यक्ष हरि खनालले जानकारी दिनुभयो ।

‘संक्रमित मध्ये एक जना दराई गाउँ र एक जना रामशाह टोलको भएको पुष्टी भएको छ, उहाँले भन्नुभयो, दुवै संक्रमितको चितवनमा उपचारका क्रममा कोरोना पुष्टी भएको पाइएको हो । ’

संक्रमित एक जना बिदेशबाट फर्किएर ङाईभिङ पेशामा आबद्ध रहदै आएका व्यक्ति हुन् भने अर्का संक्रमित पूरुष होटल व्यवसायी हुन् । उनीहरुमध्ये १ जना भदौं ५ गते र अर्को भदौं ७ गते बिरामी भएपछि उपचारका लागि चितवन गएका थिए ।

डाईभर पेशामा आबद्ध संक्रमित व्यक्ति साउन २९ गते चितवन गएर आएको पाइएपनि पनि अर्का संक्रमित पुरुषको भने कुनै ट्राभल्स हिस्ट्री नै नभएको पाइएको वडाध्यक्ष खनालको भनाई छ । दुवै संक्रमति व्यक्तिको सम्पर्कमा रहेको कन्ट्रयाक्ट ट्रेसिङको काम आज (बुधबार) नै गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology