बिमल श्रेष्ठ
गोरखा १०, भदौं । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ सिमलटार स्थित सुन्दर प्राथामिक बिधालयको भवन निर्माणका लागि स्थानीय एक व्यक्तिले निशुल्क जग्गा दान गर्नुभएको छ । भुकम्पले क्षती पु¥याएको बिधालयको भवन निर्माणका लागि बजेट बिनियोजन भएपनि जग्गाको अभाबमा भवन निर्माण हुन नसकी रहेका बेला स्थानीय राजु ढकालले आफ्नो नाममा रहेको ५ आना २ दाम जग्गा बिधालयलाई उपलब्ध गराउनु भएको हो ।
उहाँले हाल बिद्यालय रहेको जग्गासंगै जोडिएकोे जग्गा सहयोग गर्नुभएको वडाध्यक्ष ७ का वडाअध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । “सुन्दर प्राविको नयाँ बिद्यालय भवन बनाउनको लागि बजेट प्राप्त भएको थियो, तर बिद्यालय भवन निर्माणका लागी जग्गा पर्याप्त थिएन ।” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो “स्थानीय समाजसेवी ढकालले जग्गा दान गर्नु भएकाले अब भवन निर्माणको काम अघि बढाउन सहज भएको छ ।
” वडध्यक्ष श्रेष्ठले अब बिधालयलाई प्राप्त जग्गा बिधालयको नाममा नामसारी गरि भवन सुरु गरिने बताउनुभयो । “अहिले सम्म बिद्यालयको नाममा जग्गा नै रहेनछ, निषेधाज्ञ खुल्यो भने भदौ १७ गते नै बिद्यालयको नाममा जग्गा नाम सारी गराउछौ ।” उहाँले भन्नुभयो “अब बिद्यालयको नाममा जग्गा भएपछि भवन निर्माणको काम अघि बढ्छ ।” बिद्यालयको ४ कोठे भवन निर्माणका लागी करिब ७० लाख बराबरको बजेट प्राप्त भएको उहाँले बताउनुभयो । जग्गा प्राप्त भए संगै बिद्यालय भवन निर्माण कार्य सञ्चालन यहि भदौ २० गते बाट नै गरिने उहाँको भनाई छ ।