Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा प्रवेशको सवै नाकामा कडाई गर्न स्थानीय तहलाई पत्र, अपरिचितलाई पूर्ण रोक


3.9K
Shares

गोरखा प्रवेशको सवै नाकामा कडाई गर्न स्थानीय तहलाई पत्र, अपरिचितलाई पूर्ण रोक

गोरखा ९ भदौं । जिल्ला प्रसासन कार्यालय गोरखाले जिल्ला प्रवेशको सवै नाकामा कडाई गर्न स्थानीय तहहरुलाई पत्राचार गरेको छ । कार्यालयले गोरखा जिल्ला प्रवेशको मुख्य नाका संगै साहायक नाका प्रवेशमा पनि कडाई गर्न स्थानीय बाह्य जिल्लाको सिमा जोडिएका स्थानीय तहहरुलाई मंगलबार पत्र पठाएको हो ।

छिमेकी जिल्लाहरुमा संक्रमणको दर बढ्दै गएकाले लुकीछिपी रुपमा गोरखा जिल्ला प्रवेशको सम्भावना रहेको भन्दै सम्भावित संक्रमणको रोकथामका लागि सवै नाकाहरुमा उच्च निगरानी राख्न पत्रमा भनिएको हो । वडा तथा गाउँपालिका भित्र अपरिचित व्यक्तिहरुलाई प्रवेशमा पूर्ण रोक लगाउने तथा परिचित व्यक्तिहरु नाका प्रवेश गर्दा बिस्तृत बिबरण सहितको अभिलेख राख्न पत्रमा भनिएको छ ।

त्यस्तै जिल्ला भित्र प्रवेश गरेको परिचित व्यक्तिहरुलाई समेत अनिबार्य रुपमा क्वारेन्टिनमा राख्ने र दैनिक जिल्ला प्रसासन कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको प्रशासकिय अधिकृत हर्कबहादुर रोकाद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

जिल्लामा भित्रका गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिदलखन गाउँपालिका, आरुघाट गाउँपालिका र गण्डकी गाउँपालिकामा बाहय् जिल्लाबाट मानिसहरु प्रवेश गर्ने नाका पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology