Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा नियुक्तको तयारी


4.1K
Shares

उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा नियुक्तको तयारी

काठमाण्डौ ९, भदौं । पटक पटक बिबादित बन्दै आएका उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी उपेन्द्रकुमार कोइराला राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्ने तयारी भएको छ । कोइरालालाई नेपाल सरकारको मन्त्री स्तरीय बैठकको निर्णयबाट बैंकको सञ्चालकमा नियुक्त गर्न लागिएको हो । अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था अनुसार अब बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बैंक स्रोतले बताएको छ ।

कोइरालाको यसअघिका नियुक्ति र उनका कामहरु पनि विवादित हुनुहुन्छ। उहाँको नियुक्ति पाउने क्रम २०५१ सालबाटै सुरु भएको हो । तत्कालिन नेकपा एमालेको सरकार हुँदा २०५१ सालमा खाद्य संस्थानको महाप्रवन्ध नियुक्त हुनुभयो । खाद्य संस्थान पछि उनी महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुखको नियुक्ति पाउनुभयो । पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका बेला कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त हुनुभएको थियो ।

२०६२÷६२ पछि कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त हुनुभएको थियो । त्यसबेला त कोइराला झन् विवादित हुनुभएको थियो । त्यसबेला गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विवाद उत्पन्न भएको थियो । यो विषयमा सार्वजनिक लेखा समितिले छानविन गरेपछि उहाँले राजीनामा दिनुभएको थियो ।

विवादमा मुछिए पनि कोइरालाले नियुक्ति भने पाइ रहनुभयो । मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति हुँदा उहाँ विरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै पर्‍यो ।विश्वविद्यालयमा कोइराला विरुद्ध आन्दोलन नै भएको थियो । अनियमितता भएको भन्दै विश्व विद्यालयमा विद्यार्थीहरुले २ महिनासम्म तालाबन्दी गरेका थिए ।

यस अघि बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई बनाउने गरी सञ्चालक नियुक्त गरेको हो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology