काठमाण्डौ ८, भदौं । भारतमा कोरोना भाइरस कोभिड १९ का कारण ५७ हजार ७ सय १५ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण ३१ लाख १० हजार ७ सय ६१ जना सङ्क्रमित भएका छन् । भारतमा दिनदिनै सङ्क्रमितहरु बढ्दै गइरहेका छन् ।
भारतमा हालसम्म २३ लाख ३८ हजार भने उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । भारतमा हाल ७ लाख १४ हजार कोरोना सङ्क्रमित उपचार गराइरहेका छन् भने ८ हजार ९ सय ४४ जना गम्भिर अवस्थामा रहेका छन् ।