गोरखा ७, भदौं । गोरखामा कोरोना परीक्षणको दर बढाईने भएको छ । आज बसेको कोरोना भाइरस न्युनीकरण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले जिल्लामा भीडभाड हुने क्षेत्र तथा बढी जनसम्र्पक हुने व्यक्तिहरुको पहिचान गरी कोरोना परीक्षणका लागि स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेको हो ।
जस अन्र्तगत भिडभाड हुने कार्यालय, क्षेत्र, भीडभाड हुने क्षेत्रका जनप्रतिनिधि, स्वास्थ्य कर्मी कर्मचारी, एम्बुलेन्स चालक, यातायात मजदुर, बैंक तथा बित्तिय संस्था एवंम सहकारीका कर्मचारी, पत्रकार लगायतको कोरोना परीक्षणका लागि स्थानीय तहलाई आग्रह गर्ने निर्णय बैठकले निर्णय गरेको छ ।