गोरखा ७, साउन । गोरखामा थप एक जनामा कोरोना संक्रमणको पुष्टी भएको हो । गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जारी गर्नुभएको नियमित प्रेस बिज्ञप्तीमा गोरखामा आइतबार एक पुरुषमा कोरोना संक्रमण भेटिएको जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएका २८ बर्षिय पुरुष जिल्ला अदालत गोरखा कर्मचारी रहेको पुष्टि भएको छ । उहाँ अहिले गोरखा नगरपालिका स्थित मनकामना बहिरा आवासिय बिधालयको क्वारेन्टिनमा रहेका स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुुरमण न्यौपानले जानकारी दिनुभयो ।
संक्रमित व्यक्तिलाई गोरखा क्याम्पसको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । उहाँ यहिँ साउन ३० गते सर्लाहीबाट गोरखा आउनु भएको थियो । उहाँ गोरखा आए लगत्तै क्वारेन्टिन बस्नुभएको थियो । संक्रमित कर्मचारी अदालतमा नयाँ कर्मचारीको रुपमा हाजिर हुन आउनु भएको बताइएको छ ।