Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बिवाद समाधानका लागि नेकपा कार्यदलले दुई अध्यक्षलाई बुझायो यस्तो प्रतिबेदन


3.8K
Shares

बिवाद समाधानका लागि नेकपा कार्यदलले दुई अध्यक्षलाई बुझायो यस्तो प्रतिबेदन

काठमाण्डौं ७ भदौ ।  नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन पार्टीका दुबै अध्यक्षलाई बुझाएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी भित्र उठेका विभिन्न विषयलाई मसिनो गरी छलफल गर्दै दस्तावेजीकरण गरेको थियो । कार्यदलले गत शनिबारबाट काम सुरु गरेको हो ।

गत शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा नगराउनेगरी सहमतिको प्रस्ताव तयार गरेको छ ।

कार्यदलको प्रतिवेदनमा दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने उल्लेख गरिएको दावी छ । प्रतिवेदमा एकता महाधिवेशन आगामी चैत महिनामै गर्नु उपयुक्त हुने सुझाव समेटिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology