गोरखा ६ भदौं । गोरखामा एक किशोरीले झुण्डिएर आत्माहत्या गरेकी छिन् । जिल्लाको पालुङटार नगरपालिका ७ च्याङलीकी १६ बर्षकी अप्सरा कुमालले झुण्डिएर आत्माहत्या गरेको स्थानीयले बताएका छन् ।
शुक्रबार दिनभरी आफ्नो जन्मदिनको अबसरमा चकलेट समेत बाड्दै हिडेकी कुमालले साँझ घर नजिकैको छतिवनको बोटमा झुन्डिएको अबस्था भेटिएको स्थानीयले बताएका छन् । कुमाल साँझ दिदिको घरमा सुत्न भनेर घरबाट निस्किएकी थिइन् ।
उनको शनिबार बिहान झुण्डिएको अबस्थामा शव फेला परेको अस्थायी प्रहरी पोष्ट बिरुवाटारले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान अघि सुरु गरिएको प्रहरीले जनाएको छ ।