गोरखा ५, भदौं । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद समेत रहनु भएका नेकपाका नेता हरिराज अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली बिशेषता सहितको समाजबाद निर्माणको यात्रामा रहेको बताउनु भएको छ ।
उहाँले अहिले नेकपा शान्तिपूर्ण बहुदलिय,प्रतिस्पर्धा, न्यायपूर्ण सम्वृद्धि हुदै समाजबादको दिशामा अघि बढेको बताउनु भएको हो । सांसद अधिकारीले जनताको जनवाद मार्फत यसको आधार निर्माण भइरहेको उल्लेख गर्नूभयो ।
पार्टी भित्रको बिबाद तर्फ लक्षित गर्दै उहाँले सामजिक सञ्जालमा लेख्नुभएको छ ‘नितिगत रूपमा यो ठाउमा रहदा सम्म विभाजन सम्भव छैन । यदि विभाजन भैहाल्यो भने औचित्य सिद्ध हुदैन । बरू अब समाजवादको लागी वृहत केन्द्रिकरणको सम्भावना छ,जसरी गणतन्त्र प्राप्तिको लागि भयो ।’