Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पछिल्लो २४ घण्टामा ८ सय ३८ कोरोना संक्रमित भेटियो


1.6K
Shares

पछिल्लो २४ घण्टामा ८ सय ३८ कोरोना संक्रमित भेटियो

काठमाण्डौ ५, भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप आठ सय ३८ जनामा कोरोना भाइरसको स–क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार चार सय ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा पछिल्लो २४ घण्टामा दुइ सय ५० जना निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म निको हहुनेको संख्या १८ हजार दुइ सय सय १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ७९ जनाको पीसीआर परीक्षण गरिएको थियो । देशभर सक्रिय संक्रमितको संख्या १२ हजार एक सय ३२ रहेको छ भने १२ हजार दुइ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैविच पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्र थप एक सय ८२ जना कोरोना सङक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौँमा एक सय ४२, ललितपुरमा २५ र भक्तपुरमा एक जना नयाँ सङक्रमित थपिएका हुन् । हिजो काठमाडौँ उपत्यकामा दुइ सय जना संक्रमित थपिएका थिए । बुधबार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी दुइ सय आठ जना नयाँ संक्रमित थपिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology