Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना जितेर घर फर्किइन गोरखा हरमटारीकी ४७ बर्षिय महिला


1.6K
Shares

कोरोना जितेर घर फर्किइन गोरखा हरमटारीकी ४७ बर्षिय महिला

गोरखा ५, भदौं -गोरखामा आज थप एकजना कोरोना संक्रमितलाई उपचारपछि निको भएर आइसोलेसनबाट डिस्चार्ज गरिएको छ । गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत गोरखा नगरपालिका–६ हरमटारीकी ४७ बर्षिय कोरोना संक्रमित महिला उपचारपछि निको भएर घर पठाइएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डाक्टर नविन थापाले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पछिल्लो पिसिआर परीक्षणका क्रममा उनिमा कोरोना नदेखिएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको गोरखा अस्पतालले जनाएको छ । यो संगै गोरखा जिल्लामा कोरोना भाइरस (कोभिड १९ ) निको हुनेको सख्या १ सय १८ पुगेको छ । जिल्ला अब एक जना मात्र कोरोना संक्रमित बिरामी उपचाररत रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

संक्रमित पालुङटार नगरपालिका–४ का ५० बर्षिय पुरुषको अहिले गोरखा क्याम्पसको आइसोलेसनमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । गोरखा जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या १२० पुगिसकेको छ । जसमध्ये ११८ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने, १ जनाले उपचारका क्रममा ज्यान गुमाउनु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology