Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना जोखिम रोक्न गोरखामा तिजमा माइत आउन जान रोक


3K
Shares

कोरोना जोखिम रोक्न गोरखामा तिजमा माइत आउन जान रोक

गोरखा ४ भदौं – गोरखाको सिरानचोक गाउँपालिकाले जिल्लाभर निषेधाज्ञा कायम रहेका बेला तिजको दर खान र तीज मनाउन माइत जान र आउन रोक लगाएको छ । गाउँपालिका अध्यक्ष राजु गुरुङले एक अपिल जारी गर्दै देश नै कोरोना संक्रमणको उच्च जोखिममा परेका बेला पालिका भित्र पनि संक्रमण जोखिम रहेकाले सवैले सर्तकता अपाउनु पर्ने भन्दै तिज मनाउन माइत जाने आउने नगर्न आग्रह गर्नुभएको हो ।

तिज पर्व मनाउन भन्दै भिडभाड तथा नाचँ गान गर्दा कुनै एक व्यक्तिमा संक्रमण भए समुदाय स्तरमा फैलन सक्ने भएकाले यो पटक तिज तथा चाडपर्व घरमै बसेर बनाउन पनि सवैलाई गाउँपालिकाले अनुरोध गरेको छ । ‘विश्वव्यापी महामारीको रुपमा कोरोना फैलिएको सन्र्दभमा आजको जटिल परिस्थितीमा हरितालिका तीजको अबसरमा सामुहिक भेटघाट एवं दरखाने कार्यक्रम बन्द गरि घर मै बसेर यो पटकको तीज पर्व मनाउन अपिल गर्दछु ।’

गाउँपालिका अध्यक्ष गुरुङद्धारा जारी अपिलमा भनिएको छ । त्यस्तै स्थानीय प्रसासनले समेत निषेधाज्ञा जारी गरिरहेको सन्र्दभमा एक टोलबाट अर्को टोल तथा एक वडाबाट अर्को वडामा आवत जावत नगर्न र निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न गाउँपालिकाले सवै सबैलाई अनुरोध गरेको छ ।

गाउँपालिका अध्यक्ष गुरुङद्धारा जारी अपिलमा आफु पनि बाँचौ र अरुलाई पनि बचाऔं भन्ने मूल नारालाई आत्मासाथ गर्दै रचनात्मक सहयोगका लािग सवै राजनीतिक दल, बुद्धिजिवी, समाजसेवी, शिक्षक, कर्मचारीहरु, बिभिन्नसंघ संस्थाहरु तथा टोलटोलमा गठित कोरोना प्रतिकार्य समुहलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology