फोटो फाइल
गोरखा ४ भदौ । गोरखाको पालुङटार नगरपालिका–४ का ५० बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएपछि उनको सम्र्पकमा रहेका ४० जनाको कोरोना परीक्षणका लागि बिहिबार (आज) स्वाब संकलन गरिएको छ । हिजो संक्रमणको पुष्टी भएका ति पुरुषको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वांब संकलन गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख दिपेन्द्र गिरीले जानकारी दिनुभयो ।
गएको साउन ३२ गते तनुहँको भानु नगरपालिकामा संक्रमण पुष्टी भएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरि कोरोना परीक्षणका क्रममा ति पुरुषमा हिजो संक्रमण भएको पाइएको थियो । त्यस्तै आज नै नगरपालिकाको वडा नम्बर ५ स्थित धर्माबती माध्यामिक बिधालयको क्वारेन्टिनमा बस्दै आएका ५ जनाको स्वांब संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।
संकलन गरिएको सबैको स्वाब भोलि मात्र परीक्षणका लागि पठाइको शाखा प्रमुख गिरीको भनाई छ । उनिहरुको स्वांब गण्डकी प्रदेश स्थित क्षयरोग उपचार केन्द्र पठाइने उहाँले जानकारी दिनुभयो ।