गोरखा ४ भदौं । गोरखाका यातायात मजदुर सहित ८० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । गएको आइतबार ८२ जनाको स्वाब लिएका मध्ये ८० जनाको रिर्पोट नेगेटिभ आएको हो ।गोरखाको यातायात मजदुरहरुले आफुहरु जोखिमा रहेको भन्दै पिसिआर गरिदिन आग्रह गर्दै जिल्ला प्रशासनमा दबाब दिएपछि उनीहरुको स्वाब संकलन गरिएको थियो । साउन ३२ गते संकलित ८२ जनाको स्वाब मध्ये ५१ जना मजदुरहरुको कोरोना रिर्पोट नेगेटिभ आएको जिफण्ड गोरखाका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
गोरखा नगरपालिका स्वास्थ्य शाखाले संकलन गरेको स्वाबमा गोरखा नगरपालिका भित्र रहेको सर्व साधारण, बित्तिय संस्था र सरकारी कर्मचारीहरुको समेत स्वाब संकलन गरिएको स्वास्थ्य शाखाका निश्चल अर्यालले बताउनुभयो । सोही दिन गोरखा कारागार, सिद्वीगणेश सहकारी, कृषि बिकास बैंकका कर्मचारीहरुका साथै अन्य सर्व साधारण र विदेशबाट आएर होम क्वारिन्टीनमा बस्नेहरुको समेत स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिनुभयो ।
स्वांब संकलन गरि परीक्षणका लागि पठाइएका मध्ये २ जनाको रिर्पोट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।