तनहुँ ४ भदौ । तनहुँको थप ३ स्थानीय तहहरुमा कोरोना संक्रमण फैलन नदिन निषेधाज्ञा लगाइएको छ । सुमदायस्तरमा कोरोना भाईरस संक्रमण फैलन सक्ने जोखिम बढेपछि जिल्लाको भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर २ देखी ९ सम्म र देवघाट गाउँपालिकाको वडा– ५ मा निषेधाज्ञा जारी गरेको जिल्ला प्रसासन कार्यालय तनहुँले जनाएको छ ।
ति क्षेत्रहरुमा गएराती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।