गोरखा ३ भदौ । बुढगण्डकी जलबिद्युत आयोजना मुआब्जा बितरण तथा पुर्नबास पुर्नस्थापना इकाईले डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङका प्रभावितहरुलाई अहिलेसम्म कुल ३२ अर्ब रुपैया मुआब्जा बितरण गरेको जनाएको छ । प्रभावित क्षेत्रको जग्गा अधिग्रहण सुरु गरे यता अहिलेसम्म ३२ अर्ब २७ करोड १७ लाख ९० हजार १५१ रुपैयाँ मुआब्जा वितरण गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाले जनाएको छ ।
गोरखा तर्फ हालसम्म २३ हजार ६१३ रोपनी जग्गाको १६ अर्ब ५१ करोड ४४ लाख ३५ हजार एक रुपैयाँ र धादिङमा २३ हजार ८२७ रोपनी जग्गाको मअुब्जा बितरणको काम सम्पन्न भएको आयोजना पुर्नबास तथा पुनस्थापना इकाईका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । अयोजनाले (कोभिड–१९) को त्रासपूर्ण र बाढीपहिरोको अवस्थामा समेत असारदेखि नै धादिङ तर्फ खहरे र विशालटार (आरुघाट) क्षेत्रमा र गोखा तर्फ आरुघाट र आरखेत बजार क्षेत्रमा घरगोठ लगायतका अन्य भौतिक संरचनाहरु, बोटविरुवा तथा फलफुलको तथ्यांक संकल गर्न फिल्डमा खटिएको जनाएको छ ।
साथै लकडाउनको समयमा समेत कार्यालय संचालन गरि मुआब्जा वितरण र गुनासो फर्छौटका कार्यलाई निरन्तरता दिएको आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो ।