गोरखा ३, भदौं । गोरखामा आज (बुधबार) थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको पालुङटार नगरपालिका–४ मा समुदाय स्तरमा ५० बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको नगरपालिका नगर स्वास्थ्य अधिकृत कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
तनुहँको भानु नगरपालिकामा संक्रमण पुष्टी भएका व्यक्तिको गएको साउन ३२ गते गरिएको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएका व्यक्तिमा संक्रमण पुष्टी भएको उहाँले जानकारी दिनुभयो ।
‘उहाँको ट्राभल्स हिष्ट्री हेर्दा चितवन समेत पुगेर फर्किएको देखिन्छ, उहाँले भन्नुभयो, तर वडा नम्बर ४ मा भानुबाट आएका एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा उहाँको पनि स्वाब संकलन गरि परीक्षणका लागि पठाइको थियो ।
बुधबार संक्रमणको पुष्टी भएका पुरुषको सम्पर्कमा रहेकाहरुको भोली मात्र कन्ट्रयाक्ट ट्रेसिङ गरि स्वाब संकलन गरि परीक्षणका लागि पठाउने तयारी भइरहेको नगरस्वास्थ्य अधिकृत अधिकारीको भनाई छ । सोही दिन कन्ट्रयाक्ट ट्रेसिङ गरिएको अन्य ४० जनाको भने रिर्पोट आउन बाँकी रहेको नगरस्वास्थ्य अधिकृत अधिकारीको भनाई छ ।