Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बोर्लाङमा कोरोना जोखिम न्युनीकरण गर्न टोलसुधार समितिले आवातजातवमा निगरानी बढाउने


4.3K
Shares

बोर्लाङमा कोरोना जोखिम न्युनीकरण गर्न टोलसुधार समितिले आवातजातवमा निगरानी बढाउने

गोरखा २, भदौं । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ स्थित सिमलटार जलबिरे टोलसुधार समितिले कोरोना संक्रमणको उच्च जोखिमलाई ख्याल गर्दै टोल भित्र आउजाउमा निगरानी बढाउने भएको छ । मंगलबार बसेको टोल सुधार समितिको बैठकले देशभर कोरोना संक्रमण फैलदै गएपछि टोलभित्र पनि त्यसको जोखिम बढेको भन्दै टोलमा संक्रमित क्षेत्रबाट आउने र टोलबाट बाहिर जानेहरु व्यक्तिहरुको पहिचान गरेर मात्र आउजाउ गर्न दिने निर्णय गरेको हो । ।

टोलसुधार समितिले टोल क्षेत्र भित्र आउने व्यक्तिहरुले पनि अनिबार्य रुपमा पूर्व जानकारी गराउनु पर्ने र बाहिर जानेले पनि अनिबार्य जानकारी गराएर मात्र बाहिर जानु पर्ने निर्णय गरेको समितिका सदस्य रन्जित श्रेष्ठले जानकारी दिनुभयो । ‘बाहिरबाट आउनेहरु पनि जथाभावी आउजाउ गर्दा संक्रमित भएर आएको रहेछ भने अन्यलाई पनि सर्न सक्ने जोखिम हुन्छ, उहाँले भन्नुभयो, यता टोलबाट बाहिर जादाँ समेत कहाँ जाने भन्ने बिबरण लिएर मात्र पठाउदा संक्रमित भइहालेमा समेत ट्राभल्स हिस्ट्री राख्न सजिलो हुन्छ ।

श्रेष्ठले टोलबासीलाई कोरोनाबाट सुरक्षित हुनुपर्छ भन्ने अनुभूति दिलाउन पनि निर्णयले सहयोग पुग्ने जानकारी दिनुभयो । बैठकले कोरोना संक्रमित क्षेत्रबाट टोलभित्र प्रवेश गर्ने व्यक्तिहरु अनिबार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।  त्यस्तै नजिकिदै आएको चाडपर्वमा रहेमा टोल भित्र आफ्नो आफ्नो ठाउमा बसेर सुरक्षित तबरले मात्र मनाउनुपर्ने बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यस्तै टोलसुधार समितिले टोल क्षेत्र भित्र पर्ने सिमलटार, जलबिरे, सुन्दरपुर लगायतका क्षेत्रमा सार्वजनिक स्थानमा जुवातास खेल्न समेत रोक लगाउने निर्णय गरेको छ । बैठक टोलसुधार समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको हो । सिमलटार जलबिरे टोलसुधार अन्र्तगत पूर्वतर्फ पश्चिम तर्फ अधेरीखोला, उत्तर तर्फ बिर्दी र दक्षिण तर्फ बुढिगण्डकीसम्मको क्षेत्रलाई निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology