Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखा बजारकी संक्रमित महिलाको सम्पर्कमा आएका २५ जनाको पिसिआर रिर्पोट नेगेटिभ


1.3K
Shares

गोरखा बजारकी संक्रमित महिलाको सम्पर्कमा आएका २५ जनाको पिसिआर रिर्पोट नेगेटिभ

गोरखा २, भदौं । गोरखा नगरपालिका–६ हरमटारीकी कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका सवैको कोरोना रिर्पोट नेगेटिभ आएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको स्वांब परीक्षणका क्रममा हटमटारी बजारकी ४७ बर्षकी संक्रमित महिलाको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरिएका २५ सै जनाको रिर्पोट नेगेटिभ आएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेम्मीले जानकारी दिनुभयो ।

लक्ष्मीबजारीको कोरोना संक्रमित महिलाको सम्पर्कमा आएकाहरुको स्वांब संकलन गर्दा कोरोना पुष्टी भएकी हरमटारीकी ति महिलोको सम्पर्कमा आएकाहरुको यहिँ साउन ३१ गते स्वांब संकलन गरि परीक्षणका लागि पठाएको थियो । नगरपालिका भित्र स्वांब संकलन गरि पठाइएको अन्य थप ४ जनाको पनि रिर्पोट आएकोले उहाँले बताउनुभयो ।

रिर्पोट नेगेटिभ आएका अन्य ४ जना भने बाहिरबाट आएर क्वारेन्टिनमा बसेकाहरु रहेको शाखा प्रमुख रेग्मीले जानकारी दिनुभयो । सोही दिन स्वांब संकलन गरिएका नारेश्वरका एक व्यक्ति भने रिर्पोट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology