गोरखा २, भदौं । पछिल्लो २४ घण्टामा मुलुकमा पहिलोपटक एकैदिन १ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ क्रममा देशभर आज कुल १०१६ जना कोरोना संक्रमणको पुष्टी भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभर मंगलबार मात्र ८५ जना संक्रमणलाई जितेर घर फर्किएका छन् । यससँगै डिस्चार्च हुनेको संख्या १७५८० पुगेको छ। प्रदेश अनुसार सक्रिय संक्रमितको संख्या प्रदेश–१ मा ९७८ जना प्रदेश–२ मा २०७६, बागमती प्रदेशमा २५१४ जना, गण्डकी प्रदेशमा २७९ जना, प्रदेश ५ मा ७७९ जना, कर्णालीमा २०८ जना र सुदुर पश्चिममा ८३२ जना छन्।
प्रदेश अनुसार होम आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या प्रदेश–१ मा १९७ जना, प्रदेश(२ मा २३४९ जना, बागमती प्रदेशमा १११ जना, गण्डकी प्रदेशमा २७ जना, प्रदेश–५ मा १७० जना, कर्णाली प्रदेशमा ८ र सुदुर पश्चिममा २५ जना छन्।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ जना पुगेको छ।