Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्रीलाई बामदेवको प्रश्न, कार्यदलले राजीनामा माग्यो भने के गर्नुहुन्छ ?


3.4K
Shares

प्रधानमन्त्रीलाई बामदेवको प्रश्न, कार्यदलले राजीनामा माग्यो भने के गर्नुहुन्छ ?

काठमाण्डौं २, भदौं । सत्तारुढ दल नेकपाभित्र देखिएको आन्तरिक विवाद समाधानको मस्यौदा तयार गर्न गठित कार्यदलप्रति वरिष्ठ नेता सचिवालयका केही नेताहरुले असन्तुष्टी व्यक्त गरेका छन् । सचिवालयको सोमबार बसेको बैठकमा नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम लगायले आशंका व्यक्त गरेका हुन् ।
‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुनै गोप्य सम्झौता भएपछि त्यसलाई औपचारिकता दिन मात्रै कार्यदल बनाएको हो कि भन्ने शंका शीर्ष नेताहरुमै छ,’ ती नेताले भने, ‘त्यो सम्झौतालाई अनुमोदन गर्न मात्रै कार्यदल बनाइएको हो भने त्यसको विरोध हुन्छ। कार्यदलबाट कस्ता कुरा आउँछन्, हामीले उठाउँदै आएको माग कति सम्बोधन हुन्छ, त्यसको आधारमा समर्थन र विरोध हुन्छ।’

कार्यदल गठनबाट पार्टीभित्र सहमति जुटाउने एउटा विकल्पको आशा जागेपनि आशंका पनि उत्तिकै रहेको ति नेता भनाइ छ। उपाध्यक्ष गौतमले त सोमबारको सचिवालय बैठकमै कार्यदलको औचित्य र कार्यक्षेत्रमाथि प्रश्न उठाएका थिए। उपाध्यक्ष गौतमले अहिलेका समस्याहरु सचिवालयबाट सिर्जना भएको भन्दै त्यही निकायबाट समाधान खोज्नुपर्ने बताएका थिए।

‘समस्या सचिवालयबाटै सुरु भएको हो। समाधान पनि सचिवालयबाटै खोजिनुपर्छ। यसले हामी असफल भएको सन्देश गएको छ,’ बैठकमा उपाध्यक्ष गौतमले भनेका थिए, ‘कार्यदलले राजीनामा दिनुपर्छ भन्यो भने के गर्नेरु राजीनामा दिनेरु यो कार्यदल सचिवालयभन्दा माथि छ कि तल छ?’ कार्यदल गठनको प्रक्रियाप्रति सचिवालयका सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए। यद्देपी सचिवालयको बैठकले कार्यदल गठनलाई भने अनुमोदन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology