गोरखा ३२, साउन । गोरखमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि भोलिदेखि ७ दिनसम्म जिल्ला भित्र बन्दाबन्दीको घोषणा गरिएको छ । आज बसेको कोरोना भाइरस न्युनीकरण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले जिल्लामा एक हप्ता बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।
बैठकले बन्दाबन्दीको अबधीभर जिल्ला भित्र अत्याबश्यक बाहेकका सवै सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिनुभयो । त्यस्तै जिल्ला भित्रका सवै सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु बन्द गर्ने निर्णय भएको उहाँले उहाँको भनाई छ । जिल्ला भित्रका खाद्यान्य, औषधी पसल तथा पेट्रोलिय पर्दाथ बाहेकका सवै पसलहरु पूर्ण समेत बन्द गरिनेछ, उहाँले भन्नुभयो, सभ्भावित संक्रमणको जोखिम न्युनीकरणका लागि बन्दाबन्दीको निर्णय गरिएको हो ।’
बन्दाबन्दीको प्रभावकारी कार्यान्वयनका लागि सदरमुकाम लगायत प्रभावित क्षेत्रहरुमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको परिचालन गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ । त्यस्तै पछिल्लो समय कोरोना रोकथामका लागि अग्रमोर्चा रहेका सुरक्षाकर्मीलाई संक्रमण भए उनिहरुलाई गोरखा क्याम्पसको आइसोलेसनमा राखेर उपचारको व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।
कोरोना संक्रमितको संख्या बढ्न सक्ने अबस्थालाई मध्यनजर गर्दै कमाण्ड पोष्टको बैठकले गोरखा नगरपालिका–९ मा रहेको भु–संरक्षण कार्यालयको नवनिर्मित भवनलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने, जिल्ला भित्र जथाभावी हुने आवातजावतलाई नियन्त्रण गर्न जिल्ला प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षाकर्मी परिचालन गरि कडाई गर्ने, सवारी पास भएका बाहेकका सवारी साधनलाई बेलुकी ९ बजेदेखि बिहान ६ बजेसम्म जिल्ला प्रवेशमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताउनुभयो ।
गोरखा सदरमुकाममा भित्र पछिल्लो पटक समुदाय स्तरमै कोरोना संक्रमण भएको पुष्टी भएपछि जिल्लामा उच्च सर्तकता अपनाइएको उहाँले जानकारी दिनुभयो । गोरखा नगरपालिका–९ लक्ष्मीबजारकी २४ बर्षिय महिलामा संक्रमणको पुष्टी भएको उहाँको सम्र्पकमा आएका ३ जना र दोस्रो चरणको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा पछिल्लो पटक संक्रमणको पुष्टी भएका थप २ जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो ।