फोटो फाइल
गोरखा ३२, साउन । गोरखाको शहिद लखन गाउँपालिका भित्रका १४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरि पठाइएको छ । भारत लगायतका बिभिन्न मुलुकमा बाट आएका १३ पुरुष र १ महिलोको आज स्वांब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो ।
स्वांब संकलन गरिएका मध्ये एक जना शिक्षक समेत रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठ लगायतको टोली उनिहरुको स्वाब संकलन गरिएको जनाइको छ ।