Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

रुसी कोरोना बिरुद्धको भ्याक्सिन हरेक महिना ५० लाख डोज तयार हुने


1.7K
Shares

रुसी कोरोना बिरुद्धको भ्याक्सिन हरेक महिना ५० लाख डोज तयार हुने

एजेन्सी । रुसले कोरोना भाइरसविरुद्ध तयार पारिएको भ्याक्सिन (खोप) को पहिलो ‘ब्याच’ तयार गरेको छ । इन्टरफेक्स न्युज एजेन्सीले स्वास्थ्य मन्त्रालयबाट प्राप्त गरेको जानकारीका आधारमा रूसले आफ्नो भ्याक्सिनको पहिलो ‘ब्याच’ बनाइसकेको जनाएको छ ।

यसको केही घण्टाअघि मन्त्रालयले रूसमा भ्याक्सिनको उत्पादन सुरु गरिएको जनाएको थियो । केही वैज्ञानिकले भ्याक्सिन उत्पादनको अनुमति दिएर राष्ट्रिय गौरवको स्वास्थ्य र सुरक्षामा प्राथमिकता दिएको प्रति चिन्ता व्यक्त गरेका छन् । रुसले हरेक महिना ५० लाख डोज भ्याक्सिन उत्पादन गर्नेसमेत जनाएको छ ।

विश्वभरका देशका बीचमा भ्याक्सिन बनाउने होड चलिरहेका बेला रूसले सबैभन्दा अगाडि भ्याक्सिन बनाइसकेको घोषणा गरेर बाजी मारेको दाबी गरेको छ । रूसले आफ्नो देशको भ्याक्सिन यसै महिनाको अन्त्यतिर बजारमा आइसक्ने बताइरहेको छ । यो कोरोना भाइरसविरुद्धको पहिलो भ्याक्सिन हुनेछ ।

भ्याक्सिनलाई फेज थ्री ट्रायलभन्दा अगावै अनुमति दिइसकिएको छ । फेज थ्री ट्रायलमा हजारौं मानिसमा भ्याक्सिनको परीक्षण गरिन्छ । यो ट्रायललाई भ्याक्सिनको उत्पादनका लागि अनुमति पाउन अत्यन्तै अहम् मानिन्छ ।

रूसले आफ्नो भ्याक्सिनको नाम स्पुतनिक(५ राखेको छ । स्पुतनिक अन्तरिक्षमा जाने विश्वको पहिलो उपग्रह थियो । उक्त उपग्रहलाई रूसले लन्च गरेको थियो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो भ्याक्सिन पूर्णतस् सुरक्षित रहेको र आफ्नी छोरीलाई दिइएको दाबी गरिरहेका छन् । बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology