गोरखा ३१, साउन । गोरखा नगरपालिका वडा नम्बर ६ हरमटारीकी ४७ बषिर्य कोरोना संक्रमित महिलाको सम्पर्कमा रहेको २५ जनाको स्वांब संकलन गरिएको छ । संक्रमित महिलाको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा संक्रमणको उच्च जोखिममा रहेका उनिहरुको कोरोना परीक्षणका लागि स्वांब संकलन गरिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
शुक्रबार मात्र संक्रमणको पुष्टी भएकी महिलाको परिवार, छरछिमेक र प्रत्यक्ष सम्पर्कमा आएका आफ्न्तहरुको पहिचान गरि स्वांब संकलन गरिएको हो । पछिल्लो चरणमा संक्रमणको उच्च जोखिमा रहेको आधारमा स्वांब संकलन गरिएका व्यक्तिहरु क्वारेन्टाइनमा नबस्दा संक्रमण फैलनसक्ने जोखिम झनै बढदै गएको छ ।
संक्रमित महिलालाई आज बिहान मात्र करिब १० घण्टा पछि उपचारका लागि गोरखा अस्पतालको आइसोलेसनमा लगिएको थियो । संक्रमित महिलालाई शनिवार बिहान गोरखा क्याम्पसको आइशोलेसनमा राखेर उपचार गरिएको छ ।