पोखरा ३१, साउन । पोखरामा एक कोरोना संक्रमित पुरुष मोवाईल स्विच अफ गरेर फरार भएका छन् । शनिबार मात्र कोरोना संक्रमण पुष्टी भएका पोखरा महानागरपालिका–१७ बस्दै आएका ४० बर्षिय पुरुष मोवाइल अफ गरेर भागेका हुन् ।
स्थायी घर वीरगञ्ज भएका संक्रमित पुरुषको २ दिन अघि स्वांब संकलन गरि कोरोना परीक्षण भएको थियो । बेपत्ता भएका संक्रमित व्यक्तिको खोजी भइरहेको जनाइएको छ ।