काठमाडौं ३१, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसंंग शनिबार टेलिफोना बार्ता गर्नुभएको छ । दुईदेश बिच सिमा बिबाद चर्कदै गएका बेला प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसग करिब ११ मिनेट टेलिफोन बार्ता गर्नु भएको हो ।
भारतको ७४औँ स्वतन्त्रता दिवसको अबसरमा दुई देशका प्रधानमन्त्री बिच भएको कुराकानीमा कोरोना रोकथाम र नियन्त्रण बिषयमा भएका छलफल भएको हो । प्रधानमन्त्री ओली र मोदीबीच कोरोना नियन्त्रणमा मिलेर जाने विषयमा समेत कुराकानी भएको परराष्ट्रले जनाएको छ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनुभएको थियो । भारतीय प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्रीलाई भारतको स्वतन्त्रता दिवसको शुभकामना दिनुभयो । त्यस्तै उहाँहरु बिच सम्वादलाई निरन्तरता दिने विषयमा समेत समझदारी भएको छ।