Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सङ्क्रमित बढ्दै, अस्पतालमा थेग्न नसक्ने अवस्था


2K
Shares

सङ्क्रमित बढ्दै, अस्पतालमा थेग्न नसक्ने अवस्था

नुवाकोट ३१, साउन ।  नुवाकोटमा दैनिक सङ्क्रमित थपिएका कारण अस्पतालमा समेत व्यवस्थापन गर्न समस्या परेको छ । १२ स्थानीय तह रहेको नुवाकोटमा साढे दुई महिनादेखि कोरोना सङ्क्रमित फेला पर्न थालेका हुन् ।

हिजोसम्म ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा हालसम्म ४५ जना सङ्क्रमितको उपचार गरिएको छ । कोरोना अस्पतालका प्रमुख डा. रेमकुमार राईका अनुसार यहि दरमा सङ्क्रमित बढ्दै गए आइसोलेसन वेड र आवश्यक स्वास्थ्यकर्मीको समेत अभाव हुनेछ ।

३० आइसोलेसन वेड रहेको नुवाकोटमा यहि अनुपातमा सङ्क्रमित बढेमा अस्पतालमा दुई सय २० थान वेड तयार गर्नु पर्ने डा. राइको माग छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology