Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोनाको जोखिम बढेपछि गोरखामा नागरिकता, राहदानी लगायत जारी गर्ने काम ठप्प


1.5K
Shares

कोरोनाको जोखिम बढेपछि गोरखामा नागरिकता, राहदानी लगायत जारी गर्ने काम ठप्प

गोरखा ३०, साउन ।  कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रसासन कार्यालय गोरखाले आजदेखि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बितरण तथा हातहतियार नविकरणको काम बन्द गरेको छ ।

कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयमा अत्याधिक भीडभाड बढेको त्यसले संक्रमणको जोखिम बढ्ने भएकाले अत्याबश्यक बाहेका सवै काममा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस, रोकथाम, न्युनीकरण र व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्डपोष्टको हिजो बसेको बैठकले जिल्ला भित्र अत्याधिक भीडभाड हुने कार्यालयमा अत्याबश्यक बाहेकका सेवा रोक्ने निर्णय गरेको थियो ।

सोही निणर्यका आधारमा जिल्ला मालपोत कार्यालय र जिल्ला प्रसासन कार्यालयमा अत्याबश्यक बाहेका सवै सेवा तत्कालका लागि बन्द गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology