Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा अस्पताललाई रगत परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला मेसिन हस्तान्तरण


5.9K
Shares

गोरखा अस्पताललाई रगत परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला मेसिन हस्तान्तरण

गोरखा ३०, साउन । गोरखा अस्पताललाई बिरामीहरुको रगत परीक्षणका लागि अत्याधुनिक प्रयोशाला मेसिन उपलब्ध भएको छ । पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका बरिष्ट नेता डा. बाबुराम भट्टराईले गोरखा अस्पतालमा आज आयोजित एक कार्यक्रमका बिच अस्पताल सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई प्रयोगशाला मेसिन हस्तान्तरण गर्नुृभएको हो ।

करिब ७ लाख रुपैया पर्ने उक्त मेसिनबाट एकपटकमा ३६ प्रकारका रोगको रगतबाट नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको प्राबिधिकको भनाई छ । चिनको ग्वान्जाओ बायोटेक लिमिटेडको सहयोगमा प्राप्त मेसिन डा. भट्टराईले अस्पताललाई उपलब्ध गराउनु भएको हो ।

कम्पनीले उपलब्ध गराएको सोही प्रकारको अर्को मेसिन आपँपिपल अस्पताललाई पनि प्रदान गर्न लागिएको उहाँले जानकारी दिनभुयो । मेसिन जडानका लागि कम्पनीबाट चिनियाँ प्राबिधिको टोली आएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology