नेकपा भित्रको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन
2.7K
Shares
काठमाडौ ३०, साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको जारी विवाद समाधानको लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेको छ। आज बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले सो कार्यदल बनाएको हो । कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल छन्। कार्यदललाई चाँडोभन्दा चाँडो सहमतिको खाका तयार पार्न निर्देशन दिइएको छ। यसअघि दुई अध्यक्षबीच बिहीबार पनि छलफल भएको थियो। बिहीबारको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।