गोरखा २९, साउन । गोरखामा मादक पर्दाथ सेवन गरि होहल्ला गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नं ६ स्थित अस्पतालचोकमा मादक पदार्थ सेवन गरि होहल्ला गर्ने स्थानीय २२ बर्षका हरि बहादुर बानियाँ, १९ बर्षका समुन्द्र खत्री, १९ बर्षका ज्ञानेन्द्र बस्नेत र बर्ष ३० बर्षका सिताराम गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई सार्वजनिक शान्ति बिरुद्धको कसुरमा शीर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।