गोरखा २८, साउन । गोरखा नगरपालिका–६ मा रहेको बालमन्दिर माविका अनाथ बालबालिकाहरुका लागि तरुणदल गोरखाले खाद्यान्य सहयोग गरेको छ । अनाथ बालबालिकाहरुलाई खाद्यान्य अभाव भइरहेका बेला तरुणदलले आज अन्तराष्ट्रिय युवा दिवसको अबसरमा पारेर बिधालयलाई खाद्यान्य सहयोग गरेको हो ।
अनाथ तथा असाहाय बालबालिकालाई आवास सुबिधा सहित पठनपाठनको व्यवस्था गर्दै आइरहेको उत्त बिधालयमा अध्ययनरत अअनाथ तथा असहाय बालबालिकाहरुलाई कोभिडका कारण खाध्यन्नमा समस्या पर्दै आएको बिधालयले जनाएको छ । गोरखा नगरपालिका गोरखाका नगरप्रमुख राजनराज पन्तले एक कार्यक्रमका बिच तरुणदल गोरखाले उपलब्ध गराएको चामल लगायतका खाद्य सामाग्री बिधालयको प्रधानध्यापक लुमनाथ लामिछानेलाई हस्तारन्तरण गर्नुभएको हो ।
कार्यक्रममा वडा नं ६का वडा अध्यक्ष नारायणप्रसाद अर्याल, तरुणदलका क्षेत्रीय अध्यक्ष प्रविण वस्नेत, तरुणदल गोरखा नगरपालिकाका अध्यक्ष दीपक थापा लगायतको सहभागिता रहेको थियो ।