सिन्धुपाल्चोक २८, साउन । २३ साउनमा मृत्यु भएका बाह्रबिसे नगरपालिका ४ का ८४ बर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको ४ नम्बर वडा शिल अर्थात् पूर्ण बन्द गरिएको छ । काठमाडौ स्थित मनमोहन कार्डियो भाष्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बाह्रबिसे नगरपालिकाको ४ नम्बर वडा शिल गरिएको हो ।
काठमाडौमा मृत्यु भएपछी दाहसंस्कारका लागि शव बाह्रबिसे ल्याईएको थियो । दाह संस्कारका क्रममा सिन्धुपाल्चोक र अन्य जिल्लाका सयौँ मानिस मलामी गएका थिए । पूर्वपट्टी कर्थली बुदेपा, उत्तरपट्टी खगदल खोला, पश्चिम राम्चे बजार र दक्षिणतर्फ शारदा मावि क्षेत्र सुनकोसी बजारको सिमाना भित्र मानिसहरूको आवत जावत र अन्य क्रियाकलाप बन्द गर्ने निर्णय गरिएको उपमेयर सुशिला पाख्रिनले जानकारी दिनुभयो ।
दाहसंस्कारमा सहभागी भएका तथा किरियापुत्री भेट्न गएका सबैलाई घर बाहिर ननिस्कन समेत सार्वजनिक रुपमा आग्रह गरिएको छ ।