गोरखा २७, साउन । गोरखा नगरपालिका–१० ठुटी बजार नजिकै दरौदी नदीको दोहन भएको समाचार सार्वजनिक भएपछि गोरखा नगरपालिकाको नगर अनुगमन समितिले मंगलबार (आज) अबैध उत्खनन् भएका क्षेत्रको स्थलगत अनुगमन गरेको छ । नगरपालिकाकी उपप्रमुख बिनाका कमारी श्रेष्ठको नेतृत्वको टोलीले अबैध उत्खनन भएको दरौंदी नदी क्षेत्रको अनुगमन गरेको नगरपालिकाका सूचना अधिकारी प्रकाश ढकालले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा नदि किनारा नजिकै ढुङगा गिटी बालुवा थुपारिएको अबस्थामा फेला परेको उहाँको भनाई छ । ‘नदीबाट उत्खनन् भइरुहेको अबस्था त फेला पारेनौं, उहाँले भन्नुभयो, किनारा नजिकै नदी जन्य पर्दाथको थुप्रो भने भेटिएको छ तर बैध वा अबैध के हो भन्नेबारेमा पुष्टी भईसकेको छैन । उहाँले बर्खाको समयमा नगरपालिकाले कसैलाई पनि नदीजन्य पर्दाथको उत्खनन्को अनुमती नदिएको भन्दै अबैध उत्खनन् भने त्यसलाई जपथ गर्ने बताउनुभयो ।
‘ लिगल रुपमा यहिले गरेको भन्ने बारेमा हामीलाई थाहा छैन, सूचना अधिकारी ढकालले भन्नुभयो, चर्चा परिचर्चा त सुनियो, अब त्यसको घाट प्रमाणित भए डकुमेन्ट पेस गर्नुपर्यो होइन भने त्यो त अबैधानिक ठहरिईहाल्छ ।’ उहाँले अबैधानिक ठहरिए त्यसलाई नगरपालिकाले लिलामी प्रक्रिया लैजाने समेत जानकारी दिनुभयो ।
नागरिक सवाल डटकमले सोमबार गोरखा नगरपालिका–१० ठुटी बजार नजिकै दरौंदी नदी क्षेत्रमा अबैधानिक रुपमा ढुङगा, गिटी र बालुवा चोरी निकासी भइरहेको समाचार प्रकाशन गरेको थियो ।