गोरखा २७, साउन । गोरखाको शहिल लखन गाउँपालिकामा २६ जनाको कोरोना परीक्षणका लागि सोमबार स्वाब संकलन गरिएको छ । भारत लगायत बिभिन्न देशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संलकन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिनुुभयो । स्वांब संकलन गरिएको मध्ये होम क्वारेन्टिनमा रहेका एक जना किरियापुत्री समेत रहेका छन् ।
आमाको किरिया बसेका ५२ बर्षिय पुरुषको कोरोना परीक्षणका लागि बुङकोट स्वास्थ्य चौकीमा स्वाब संकलन गरिएको उहाँले बताउनुभयो । आमाको किरिया बसेको छैटौ दिनमा ति पुरुषको कोरोना संक्रमणको उच्च जोखिमलाई ख्याल गरि स्वाब संकलन गरिएको उहाँले बतउानुभयो ।
स्वाबं संकलन गरिएका अन्यमा वडा नम्बर ७, ८ र ९ का नागरिकहरुले रहेको श्रेष्ठले जानकारी दिनुभयो । संकलन गरिएका स्वाब तत्कालै परीक्षणका लागि पठाइने जनाइएको छ ।