Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बाजुरामा बाढीले बगायो बेलिब्रिज


1.8K
Shares

बाजुरामा बाढीले बगायो बेलिब्रिज

बाजुरा २६ ,साउन ।  बाजुरामा बाढीले बेलिब्रिज बगाएको छ । अबिरल वर्षासँगै आएको खोलाले साँफे मार्तडी सडक पर्ने जडाङ्गामा रहेको बेलिब्रिज बगाएको हो । साफेँ मार्तडी सडक अन्तरगत बुढीगंगा नदिमा बनाएको बेलिबिज्र हिजो रातीको बर्षाले बगाएको प्रहरीले जनाएको छ ।

निरन्तरको वर्षाले नदिको बहाव निकै बढेको स्थानीयले बताएका छन् । वर्षाले बाजुरा यो वर्ष सडकमा निकै क्षति पुगेको छ । बाजुराको बुढीगंगा नदिमा आएको बाढीले घाँगर, भौनेरा, रापक लगायत तटिय क्षेत्रका बस्तीमा जोखिम बढेको छ ।

सुरक्षा सिनकाय र उद्दार टोली सम्बन्धित स्थानमा जान सकेको छैन । बुढीगंगा नदिमा भएका झुलङ्गे पुलहरू पनि बाढीले बगाएको छ । जिल्लाबाट राती ३ बजे हिँडेको टोली बिजुुली पावरहाउस नजिकको पहिरोका कारण जान नसकेको बताइएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राती ३ बजे सदरमुकामबाट गएको भएपनि सदरमुकाम नजिकै सेलाघाटको पहिरोका कारण अगाडी बढ्न नसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology